काठमाडौं, कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। नेपालले समूह चरणको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ।
नेपाल पहिलो खेलमा भारत ‘ए’ सँग फराकिलो अन्तरले पराजित भएको थियो। ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै समेटिएको थियो।
समूह ‘बी’ मा रहेको नेपाललाई अघिल्लो हारपछि प्रतियोगितामा अघि बढ्न आजको खेल महत्त्वपूर्ण हुनेछ। यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान र यूएई रहेका छन्।
समूह ‘बी’ अन्तर्गत आजै भारत ‘ए’ र पाकिस्तानबीच पनि प्रतिस्पर्धा हुँदैछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special