काठमाडौं, सरकारले भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीका क्रममा अवैध वस्तु मिसाउने गतिविधि नियन्त्रण गर्न भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ।
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा विधेयकमाथिको छलफलका क्रममा भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनासाथ त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने बताए।
उनले भैरहवा भन्सारबाट वैधानिक सामान बोकेर आएको गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौंको थानकोटमा पक्राउ परेको उदाहरण दिँदै यस्तो प्रवृत्ति रोक्न दुवै प्रणाली जोड्न आवश्यक रहेको बताए।
उनका अनुसार भन्सारबाट आएका सामानको विवरण भीसीटीएसमा प्रविष्ट नगरे पहिलोपटक ५० हजार र त्यसपछि एक लाख रुपैयाँ जरिबाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। साथै, नयाँ मापदण्ड लागू गर्नुअघि व्यवसायीलाई पर्याप्त जानकारी र समय दिनुपर्ने उनले बताए।


NPL Special
NPL Special
NPL Special
NPL Special