काठमाडौं, आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढेपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग निगाले सिमेन्ट पुनः सञ्चालनमा आउन सकेको छैन। उद्योग बन्द हुँदा १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् भने कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट आपूर्ति प्रभावित भएको छ।
छथर जोरपाटी गाउँपालिका–६, सिधुवाँस्थित उद्योगको दैनिक उत्पादन क्षमता छ हजार बोरा भए पनि आर्थिक मन्दी र बजार माग घटेपछि उत्पादन तीन हजार बोरामा सीमित भएको थियो। सञ्चालक दिनेश पौडेलले निरन्तर घाटा भएपछि उद्योग बन्द गर्नुपरेको र तत्काल सञ्चालनको सम्भावना नरहेको बताउनुभयो।
उद्योगले धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभाको सिमेन्ट मागको करिब ८० प्रतिशत आपूर्ति गर्दै आएको थियो। उद्योग बन्द हुँदा स्थानीय मजदुर, ढुवानी व्यवसायी र व्यापारीसमेत प्रभावित भएका छन्।
यसैबीच, उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई जरिवानासहित १५ करोड ८३ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल तथा गाउँपालिकालाई करिब २२ लाख रुपैयाँ बुझाउन बाँकी रहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special