काठमाडौं, मलेसिया रोजगारीका नाममा नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँले तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित १० जनामाथि अनुसन्धान गर्न म्याद थप गरेको हो। उनीहरूमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।
यसै प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ गरेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special