काठमाडौं, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा शुक्रबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीका लाकेन लिम्बूले ६४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ९७औँ मिनेटमा दोस्रो गोल थपे।
यसअघि लुम्बिनी प्रदेशलाई हराएको आर्मीले बागमतीलाई पनि पराजित गर्दै ६ अङ्क जोडेको छ। पहिलो खेलमा कोशीसँग बराबरी गरेको बागमतीको एक अङ्क छ।
भोलि सुदूरपश्चिम र एपीएफ तथा गण्डकी र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special