काठमाडौं, यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ। हुथी सञ्चारमाध्यमका अनुसार मारिनेमा अधिकांश बालबालिका छन्।
शुक्रबार ताइज प्रान्तको अल–तुर्बा सहरस्थित आवासीय भवनलाई लक्षित गरी आक्रमण गरिएको हुथी समाचार एजेन्सी सबाकाले जनाएको छ। यसैबीच साउदी सेनाले हुथी प्रभावित सादा क्षेत्रमा इन्धन भण्डारण केन्द्रमा पनि आक्रमण गरेको समाचारमा उल्लेख छ।
यसअघि बिहीबार हुथी विद्रोहीले साउदी अरबको जाजानस्थित तेल प्रशोधन केन्द्रमा गरेको आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको थियो। यमनको द्वन्द्वले क्षेत्रीय सुरक्षा चुनौती बढाउँदै लगेको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special