काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर चितवनले ब्याटिङ रोजेपछि काठमाडौंले पहिले बलिङ गर्ने भएको हो।
यस खेलको विजेताले दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
लिग चरणमा भएको पहिलो भेटमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको थियो। त्यसैले चितवनसँग अघिल्लो हारको बदला लिने अवसरसमेत रहेको छ।
चितवनको टोलीमा कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेक यादव, रन्जित कुमार, दीपक बोहोरा, सलहुद्दिन खान, रवि बोहोरा, कमिल मिसारा, डेभिड मलान र उस्मान मिर रहेका छन्।
त्यस्तै, काठमाडौंको टोलीमा करण केसी, भीम सार्की, राशिद खान, सन्तोष यादव, साहिल पटेल, गणेश गौतम, सोनु देवकोटा, जहानदाद खान, सहान, विलियम बसिस्टो र सामुहिल हेजलेट रहेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special