पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका-कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न सहमति जनाएका छन् । युरोपेली आयोगले बिहीबार यसबारे जानकारी दिएको हो ।
नोभेम्बर २०२३ मा युरोपेली उपभोक्ता समूहहरूले यी कम्पनीका बोतलबन्द पानीसम्बन्धी उत्पादनमा भ्रामक वातावरणमैत्री दाबी गरिएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि भएको छलफलमा कम्पनीहरूले बोतलमा प्रयोग गरिने केही शब्दावली परिवर्तन गर्न सहमति जनाएको आयोगले बताएको छ ।
यसअघि प्रयोग हुँदै आएको ‘म सत प्रतिशत रिसाइकल गरिएको प्लास्टिकबाट बनेको बोतल हुँ’ भन्ने नारालाई अब ‘यो बोतल सत प्रतिशत रिसाइकल गरिएको छ, बिर्को र लेबल बाहेक’ भन्ने सन्देशले प्रतिस्थापन गरिनेछ । यसबाट बिर्को र लेबलमा प्रयोग गरिएको सामग्रीसमेत रिसाइकल गरिएको हो भन्ने भ्रम हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, कम्पनीहरूले बोतलमा ‘मलाई फेरि रिसाइकल गर्नुहोस्’ भन्ने सन्देशको सट्टा ‘मलाई रिसाइकल गर्नुहोस्’ लेख्न सहमति जनाएका छन् । यसले उपभोक्तामा उक्त बोतल पहिले नै रिसाइकल भइसकेको छ भन्ने गलत धारणा उत्पन्न हुन नदिने आयोगको भनाइ छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्लास्टिक बोतलमा लेखिएको दाबी सच्याउन कोका-कोला, नेस्ले सहमत
Previous Articleआर्कटिक सुरक्षामा बेलायतलाई चुनौती


