काठमाडौं, बिचौलियाका रूपमा चर्चामा आएका इनम सापकोटाको तर्फबाट उनकी पत्नी कविता पाण्डेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छन्। चार पृष्ठ लामो उजुरीमा सापकोटालाई गैरन्यायिक रूपमा हिरासतमा राखेर मानसिक यातना दिइएको दाबी गर्दै जीवन रक्षाको माग गरिएको छ।
उजुरीमा सापकोटालाई असोज १४ गते भारतको नयाँदिल्ली जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको र दुई दिनसम्म आँखामा पट्टी बाँधेर राखिएको उल्लेख छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको तथा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी नक्कली प्रमाण सिर्जना गर्न खोजिएको आरोप पनि लगाइएको छ।
आफूविरुद्ध झुटा मुद्दा लगाइएको र अनुसन्धानका सामग्री चुहाएर सञ्चारमाध्यममार्फत बदनाम गरिएको सापकोटाको दाबी छ।
आयोगका सचिव मुरारीप्रसाद खरेलले उजुरी दर्ता भएको र सोमबार अध्ययनपछि मानवअधिकार उल्लंघनको विषय देखिए आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special