काठमाडौं, नेपालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा कार्बन व्यापारलाई सहज, प्रभावकारी र लाभदायी बनाउन कार्बन क्रेडिटको अन्तरराष्ट्रिय बजार सुनिश्चितताको विषय पनि प्रखररुपमा उठाउने भएको छ ।
आगामी सोमबारदेखि टर्कीको अन्ताल्यामा हुने सम्मेलनका लागि नेपालले कार्बन क्रेडिटको बजार पहुँच, व्यापार सहजीकरण तथा यसबाट प्राप्त हुने लाभ सुनिश्चित गर्ने विषय समेटेर राष्ट्रिय स्थितिपत्र तयार गरेको हो । नेपालको स्थितिपत्रको ११औँ नम्बरको बुँदामा कार्बन बजारको एजेण्डालाई समावेश गरिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special