काठमाडौं, निर्वाचन आयुक्त डा. राजीव सुब्बाले परम्परागत निर्वाचन प्रणालीमा परिवर्तन गरी मतदान प्रक्रियालाई सहज र सबै नागरिकको पहुँचमा पुर्याउनुपर्ने बताएका छन्।
शुक्रबार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे आयोजना गरेको छलफलमा उनले समयअनुसार निर्वाचन प्रणाली, व्यवस्था र प्रक्रियामा सुधार आवश्यक रहेको बताएका हुन्।
हालको निर्वाचन प्रक्रियाका कारण विदेशमा रहेका तथा कामको सिलसिलामा एक जिल्लाबाट अर्को जिल्लामा पुगेका नागरिकलाई मतदान गर्न कठिनाइ भइरहेको उनको भनाइ छ। योग्य सबै नागरिकले जुनसुकै अवस्थामा पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने उनले बताए।
आयुक्त सुब्बाले आगामी निर्वाचनमा अन्तरजिल्ला मतदान, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार र अनलाइन भोटिङको व्यवस्था गर्नुपर्नेमा जोड दिए। मतदान लोकतन्त्र बलियो बनाउने आधार भएकाले यसलाई सबैको पहुँचमा पुर्याउनुपर्ने उनको धारणा छ।


NPL Special
NPL Special
NPL Special
NPL Special