काठमाडौं, गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै बिरामीको सुरक्षा, उपचार सेवाको सहजता र बिचौलियाको प्रभावबारे चासो व्यक्त गर्नुभएको छ।
अनुगमनका क्रममा उहाँले बिरामीको हित र स्वास्थ्य सेवालाई प्राथमिकता दिन निर्देशन दिँदै बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने गतिविधि नियन्त्रण गर्न आग्रह गर्नुभयो।
प्रतिष्ठानका उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार लिम्बूलगायत पदाधिकारीले अस्पतालको सेवा, भावी योजना तथा एमआरआई सेवा सञ्चालनको तयारीबारे जानकारी गराएका थिए। गृहमन्त्री गुरुङले एमआरआई सेवा सञ्चालन प्रक्रियामा समस्या भए जानकारी गराउन पनि निर्देशन दिनुभयो। उहाँले धरानस्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गर्नुभएको थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special