नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु भएको छ ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले गत आइतबार पवित्र मुक्तिनाथधामबाट सो रथयात्राको शुभारम्भ गरेका हुन् । उनकै सत्सङ्कल्पमा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको आयोजनामा सो रथयात्रा सुरु भएको हो
बागलुङस्थित पञ्चकोट हुँदै अघि बढेको उक्त रथयात्रा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पौराणिक पवित्रस्थलहरूमा आगामी मङ्सिर १ गतेसम्म राष्ट्रव्यापी रूपमा परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Article‘ब्लड बैक’ मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
Next Article झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो



NPL Special
NPL Special