काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिँदै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताएका छन् ।
राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार नयाँ नियुक्त राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै उनले स्वतन्त्रता, शान्ति र मित्रतामा आधारित विदेश नीति अघि बढाउने बताएका हुन् । कार्यक्रममा रुसका लागि नियुक्त राजदूत पनि सहभागी थिए ।
किमले बढ्दो विश्वव्यापी सुरक्षा सङ्कट तथा राजनीतिक र आर्थिक अस्थिरताबीच उत्तर कोरियाले प्रभुत्व वा विस्तारको नीति नअपनाउने बताए । सामान्यतया वरिष्ठ अधिकारीले गर्ने राजदूतहरूको प्रमाणपत्र ग्रहण समारोहमा उनि स्वयं विदेशमन्त्री चो सोन हुईसँग उपस्थित भएका थिए ।
गत साता एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका लागि चीन पुगेका ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए । तर, भेटको व्यवस्था हुन नसकेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उनी बिहीबार फर्किएका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ट्रम्पसँग भेट नभएपछि सार्वभौमिकता र स्वतन्त्र विदेश नीतिमा किमको जोड
Previous Articleप्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
Next Article अयोध्या-जनकपुर रेल सेवा शुभारम्भ


NPL Special
NPL Special
NPL Special
NPL Special