काठमाडौं, मौसम विज्ञान विभागका अनुसार आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ ।
साथै, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बादल लाग्नेछ भने देशको बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआजको राशिफल । कार्तिक १८, २०८३
Next Article आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर



NPL Special
NPL Special