बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे ।
गत असोस २५ गते चुमनुब्री गाउँपालिका-६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो तटीय क्षेत्रका दर्जनौँ पुल तथा सडक बाटो बगाएको छ । जसका कारण आवतजावतमा समस्या भएको हो । बाढीले उत्तरी गोरखाको लाइफलाइनका रुपमा लिइएको बेनिघाट आरुघाट लार्के सडक पनि अवरुद्ध बनेको छ । चुमनुब्री गाउँपालिकाको सिर्दिबासदेखि आरुघाटको आर्खेतसम्म सडक अवरुद्ध बनेको थियो ।
गाउँपालिका र गोरखा सडक आयोजनाको पहलमा अस्थायी रुपमा सडक खुलाउने काम भइरहेको भए पनि स्याउ ढुवानी गर्नसक्ने अवस्था भने नरहेको व्यवसायी लाक्पा डुन्डुप बताउँछन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्पेनमा दुई तीव्र गतिका रेल ठोक्किँदा कम्तिमा ६८ को मृत्यु, १३ वर्षयताकै भयावह दुर्घटना
Next Article दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी



NPL Special
NPL Special