काठमाडौं, काठमाडौँको उत्तरी भेगस्थित ऐतिहासिक तथा धार्मिक महत्वको बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशीदेखि सुरु भएको पाँचदिने धार्मिक मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा नेपाल तथा भारतबाट भक्तजन दर्शनका लागि पुग्ने गरेका छन्।
मन्दिरमा रहेको भगवान् विष्णुको अलौकिक शिलामूर्तिको दर्शन तथा पूजाआराधना गरे पुण्य प्राप्त हुने र मृत्युपछि वैकुण्ठमा बास हुने धार्मिक विश्वास छ। करिब १२ फुट चौडाइ र २४ फुट लम्बाइको शिलामा रहेको उक्त मूर्ति विश्वमै अद्वितीय मानिन्छ।
बूढानीलकण्ठ मन्दिर हिन्दू धर्मावलम्बीका साथै बौद्ध र किराँत समुदायका लागि पनि आस्थाको केन्द्रका रूपमा रहेको छ। धार्मिक सहिष्णुताको नमुनाका रूपमा परिचित यस मन्दिरमा पाँच दिन दर्शन गर्दा उपत्यकाका चार नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुने विश्वाससमेत छ।
यसै अवसरमा मन्दिर व्यवस्थापन समितिले मङ्सिर २ देखि ८ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरेको छ। महायज्ञबाट सङ्कलित रकम गुरुकुल सञ्चालनमा खर्च गरिने जनाइएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special