काठमाडौं, नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। नेपालले आइतबार युनाइटेड अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गरेको हो।
दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा युएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। उनले ५६ बलमा छ चौका र एक छक्का प्रहार गरे। मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। उसका मुहम्मद शाहदादले ४० र हरप्रीत सिंहले ३२ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन विकेट लिए।
पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनले पराजित भएको नेपालले यस जितसँगै दुई अङ्क जोडेको छ। नेपालले अब समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special