काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन्। दुवै प्रधानमन्त्रीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्ने कार्यक्रम रहेको छ।
एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पङ्कज चौधरीका अनुसार आयोजनाको शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको छ। शिलालेख अनावरणको प्रत्यक्ष प्रसारण आयोजनास्थलमा गरिनेछ।
सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ।
आयोजना निर्माणका लागि प्रभावित क्षेत्रका करिब २५३ परिवारलाई हालसम्म ९९ करोड ९८ लाख रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ। आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुनेछन्।
भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गर्ने आयोजना पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य छ। निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा बन्ने आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि चालु अवस्थामा नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ। आयोजनाले कोशी प्रदेशको ऊर्जा विकास तथा आर्थिक गतिविधिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special