नयाँ दिल्ली, भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
भारतको दुई दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाह आइतबार नयाँ दिल्ली पुगेपछि विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
“यस भ्रमणले भारत र नेपालबीचको चिरस्थायी तथा बहुआयामिक साझेदारीलाई सुदृढ पार्ने अवसर प्रदान गर्नेछ,” जयसवालले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।
प्रधानमन्त्री शाह आइतबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका थिए ।


NPL Special
NPL Special
NPL Special
NPL Special