पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ ।
टानले एक सूचना जारी गरी बङ्गालको खाडीमा विकसित भएको ‘अर्नव चक्रवात’का कारण नेपालमा पर्न सक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो ।
टानले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार उक्त चक्रवात कात्तिक ११ गते भारतको जमिन भूभागमा प्रवेश गरी कात्तिक १२ गते रातिबाट नेपालमा समेत प्रभाव सुरु हुने भन्दै सतर्कता अपनाउन भनेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपिएल-३: आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Next Article स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन



NPL Special
NPL Special