काठमाडौं, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले ३ हजार २९२ नेपाली र ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विदेशी नागरिकको विवरण १९ वटा नियोगबाट प्राप्त भएको हो।
विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ।
बैठकले २०८७ सम्म सबै समुदायमा विपद्सम्बन्धी पूर्वसूचना पुर्याउने लक्ष्यसहितको राष्ट्रिय मार्गचित्र पनि स्वीकृत गरेको छ। साथै वन डढेलो र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी रणनीति तथा कार्ययोजना पारित गरेको छ।
त्यसैगरी, डडेल्धुरा, अर्घाखाँची र गोरखाका विभिन्न जोखिमयुक्त बस्तीका ११८ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special