सेयर बजार बिहीबार पनि १६.२९ अंकले घटेर नेप्से २६७२.५८ विन्दुमा झरेको छ। दिनभर ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो। ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घट्यो भने ११ कम्पनी स्थिर रहे। रिलायन्स स्पिनिङ मिल्सको २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। सबै उपसमूहका सूचक राताम्य बने।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


