काठमाडौं, डोल्पा जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका-८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय दुनै, डोल्पाका अनुसार उनीहरूबारे शुक्रबार राति ९ बजे जानकारी प्राप्त भएको थियो सञ्चार सम्पर्कमा समस्या हुँदा पर्यटकहरूको पूर्ण विवरण खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । सम्पर्कविहीन हुनेमा प्याली कोल्ली (महिला), ममता हल्दार (महिला), जजला त्रिवेदी कुमार (पुरुष) लगायत ६ जना भारतीय पर्यटक रहेका छन्
उक्त घटनाबारे जिल्ला सुरक्षा समितिको बैठक बसी निर्णयअनुसार हेलिकप्टरमार्फत उद्धारका लागि आवश्यक प्रक्रिया तथा समन्वय गरिएको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते
Next Article महँगीले थिचिएपछि युरोपका सहरमा उत्रिए हजारौँ मानिस



NPL Special
NPL Special