बेलायतले रणनीतिक रूपमा महत्वपूर्ण आर्कटिक क्षेत्रको सुदूर उत्तरमा रूसको सैन्य गतिविधिको सामना गर्न आवश्यक नौसैनिक क्षमतामा ‘स्पष्ट खाडल’ रहेको सांसदहरूले चेतावनी दिएका छन् ।
बिहीबार सार्वजनिक गरिएको संसदीय प्रतिवेदनअनुसार, आर्कटिक र उत्तरी एट्लान्टिकका केही भाग समेट्ने ‘हाई नर्थ’ क्षेत्र बेलायतको रक्षा तथा सुरक्षाका लागि झन् महत्वपूर्ण बन्दै गएको छ । जलवायु परिवर्तनका कारण बरफ पग्लिँदै जाँदा यस क्षेत्रमा पहुँच सहज भएको छ । रूसले यही क्षेत्रमा आफ्ना आणविक पनडुब्बीहरू तैनाथ गर्दै आएको छ ।
यस क्षेत्रबाट रूसी सैन्य गतिविधि बेलायती जलक्षेत्रसम्म विस्तार हुन सक्ने भन्दै सांसदहरूले समुद्रमुनिका ऊर्जा पाइपलाइन र डेटा केबलजस्ता महत्वपूर्ण पूर्वाधारमा क्षति पु¥याउने ‘हाइब्रिड खतराहरू’ उल्लेख्य रूपमा बढेको बताएका छन् ।
बेलायती अखबार द डेली टेलिग्राफ ले बिहीबार सार्वजनिक गरेको एक रिपोर्टअनुसार, ढुवानीसम्बन्धी तथ्याङ्कको अनुगमन गर्दा रूसी नागरिक माछा मार्ने ट्रलरहरू महत्वपूर्ण ट्रान्सएट्लान्टिक केबलमाथिको क्षेत्रमा सयौँ घण्टा बिताएको पाइएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleयुक्रेन युद्धबारे वार्ता गर्न रुस तयार


