काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा आज (शनिबार) र भोलि (आइतबार) दैनिक पाँच घण्टा विद्युत् सेवा बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार विद्युत् वितरण प्रणालीको नियमित मर्मतसम्भार, ११ केभी एक्सएलपीई केबल जडान तथा चार्जिङ कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।
शनिबार भिमसेनस्थान फिडरअन्तर्गत त्रिपुरेश्वर, टेकु, ब्रह्मटोल, जैसिदेवल, ह्युमत, चिकंमुगः, अकोनारायण, भिमसेनस्थानलगायत क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।
त्यस्तै, आइतबार टेकु प्रहरी परिसर, परोपकार, कालिमाटी, रामघाट, नरदेवी अस्पताल, असन, इन्द्रचोक, क्षेत्रपाटी, किलागल, ढल्कु, पकनाजोल, ठहिटीलगायत क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ।
प्राधिकरणले निर्धारित समयभन्दा अगावै मर्मतसम्भार तथा जडानको काम सम्पन्न भए विद्युत् सेवा पुनः सञ्चालन गरिने जनाएको छ। सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special