हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२ र ८३ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइने र मापदण्डअनुसार निर्माण भएका सडकको स्तरोन्नतिमा प्रदेश सरकारले लगानी गर्ने बताए।
टुक्रे योजनामा बजेट विनियोजन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका खानेपानी योजनालाई मात्र बजेट उपलब्ध गराउने गरी मापदण्ड तयार भइरहेको जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
छ मिटरभन्दा कम चौडाइका सडकमा बागमती प्रदेशले बजेट नदिने
Previous Articleआज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै



NPL Special
NPL Special