काठमाडौं, साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंकले बढेर दुई हजार ६४७ अंकमा पुगेको छ। अघिल्लो दिन पनि नेप्से १५.३९ अंकले बढेको थियो।
बजार परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। मंगलबार पाँच अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार बढेर छ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
बुधबार कारोबार भएका कम्पनीमध्ये १७० वटाको सेयर मूल्य बढ्दा १०१ वटाको घटेको छ। आठ कम्पनीको मूल्य भने स्थिर रह्यो।
समूहगत सूचकतर्फ विकास बैंक सबैभन्दा धेरै ०.९९ प्रतिशतले बढेको छ। जलविद्युत् समूह ०.८८, जीवन बीमा ०.५१, व्यापार ०.५० र लगानी समूह ०.४० प्रतिशतले उकालो लागेका छन्। बैंकिङ समूह पनि ०.२४ प्रतिशतले बढेको छ। माइक्रोफाइनान्स, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह भने घटेका छन्।
मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी, कुमारी बैंक र ग्लोबल आईएमई बैंक अगाडि रहेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special