काठमाडौं, भारतको मन्त्रिपरिषद्ले लोकसभामा सांसदको संख्या ५० प्रतिशतले बढाएर ८१५ पुर्याउने प्रस्ताव अनुमोदन गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा शुक्रबार सेवा तीर्थमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो। हाल लोकसभामा ५४३ सिट रहेकामा प्रस्ताव कार्यान्वयन भए २७२ सिट थपिनेछन्।
थपिएका सिट महिलाका लागि आरक्षित गर्न सकिने बताइएको छ। नयाँ व्यवस्थाअनुसार कुल सिट संख्या आगामी २५ वर्षसम्म परिवर्तन नहुने उल्लेख छ।
बैठकले सीमांकनसँग जोडिएको महिला आरक्षणसम्बन्धी नयाँ विधेयक पनि अनुमोदन गरेको छ। सरकारले नोभेम्बर ३० देखि सुरु हुने संसद्को विशेष अधिवेशनमा विधेयक पारित गर्ने लक्ष्य राखेको छ। यद्यपि, विपक्षी कांग्रेसले विधेयक पारित गर्न सरकारसँग पर्याप्त बहुमत नरहेको दाबी गरेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special