बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक सम्पर्कविहीन भएका छन्। कञ्चनपुरका २० वर्षीय मनिष बोहरा र २१ वर्षीय सागर कार्की शुक्रबारदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। पाँच जनाको टोलीमा रहेका अन्य तीन जना फर्किसकेका छन्। हिमपातका कारण दुवै जना उच्च हिमाली क्षेत्रमा अलपत्र परेको आशंका गरिएको छ। प्रहरीले खोजी तथा उद्धार टोली पठाउने तयारी गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special