भुटानको उच्च हिमाली क्षेत्रमा अवस्थित एक जोखिमयुक्त हिमताल विस्फोट भएको आशंका गरिएको छ। भुटानको राष्ट्रिय प्रसारण सेवा (बीबीस) का अनुसार देशकै १७ वटा खतरनाक हिमतालको सूचीमा रहेको गासा जिल्लाको लया गेओगस्थित ‘सिन्ताफु हिमताल’ विस्फोट भएपछि मो छू नदीमा अचानक विनाशकारी बाढी आएको हो।
भीषण बाढी र गेग्रानले गासाको प्रसिद्ध तातोपानी कुण्ड (छाचु) क्षेत्र पूर्ण रूपमा बगाएको छ भने पुनाखा-गासा राजमार्ग र सौर्य सिँचाइ प्रणालीमा व्यापक क्षति पुर्याएको छ। बाढीले सडक बगाएपछि दुर्गम लाया क्षेत्र देशका अन्य भागबाट सडक सम्पर्कविच्छेद भएको छ। राति नै स्थानीय नागरिक, सैनिक र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएकाले हालसम्म कुनै मानवीय क्षति भने भएको छैन। जलविज्ञान केन्द्रले तल्लो तटीय क्षेत्रमा जलस्तरको निरन्तर निगरानी गरिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special