लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र सोही राज्यको अहमदाबादस्थित ओर्किड एप्पलवुड्स टाउनसिपका ३३ वर्षीय वन्दित पटेल रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार यही कात्तिक १० गते अमेरिकाबाट कुरियरमार्फत कागजात (डकुमेन्ट) को आवरणमा लुकाइछिपाई नेपाल ल्याइएको एक किलो ३३८ ग्राम गाँजा बरामद गरिएको हो । उक्त लागुऔषध डेलिभरी नियन्त्रण विधिमार्फत बरामद गरी त्यस कार्यमा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special