काठमाडौं, आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलोमा विकास आयोजना सञ्चालन गर्नुअघि सम्बन्धित समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति अनिवार्य गर्ने राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ।
आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासङ्घले संयुक्त रूपमा ‘स्वतन्त्र, पूर्वसूचित सहमति कार्यान्वयन राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरेका हुन्।
निर्देशिकाअनुसार सम्बन्धित समुदायको सहमतिबिना सरकारी, गैरसरकारी तथा बहुराष्ट्रिय कम्पनीले उनीहरूको थातथलोमा आयोजना सञ्चालन गर्न पाउने छैनन्। आयोजनाअघि प्रभावित समुदायलाई सम्भावित लाभ र हानिबारे जानकारी दिनुपर्ने तथा आयोजना अस्वीकार गर्ने अधिकार पनि हुनेछ।
सरकार संलग्न आयोजनामा सरकार, लगानीकर्ता र प्रभावित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने व्यवस्था गरिएको छ। सहमति प्रक्रियाको खर्च सम्बन्धित आयोजनाले व्यहोर्नुपर्नेछ भने प्रतिकूल असर देखिए आयोजना स्थगनसमेत गर्न सकिनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special