काठमाडौं, नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भरखरै भएको टसमा काठमाडौँ कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेको छन् ।
यससँगै कर्णाली याक्सले पहिला ब्याटिङको निम्तो पाएको छ । कर्णालीले लगातार दुई खेलमा विजयी हुँदै चार अङ्क जोडेको छ । कर्णाली अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले आज पनि जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा काठमाडौँलाई ४ विकेटले हराएको थियो ।
यता करण केसीको कप्तानीमा रहेको काठमाडौँ पहिलो जित निकाल्ने दाउमा छ । काठमाडौँ अङ्कविहीन छ । काठमाडौँ पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Article‘छुरा’ विवादमा मन्त्री पुनले दिए स्पष्टीकरण
Next Article करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा



NPL Special
NPL Special