काठमाडौं, भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ। सडक कालोपत्र भएपछि वर्षायामको हिलो र हिउँदको धुलोबाट स्थानीयले राहत पाएका छन्। गाउँपालिकाको केन्द्र च्याङ्गेसम्मको सडक यात्रा सहज बनेको छ। सडकले कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले आगामी दिनमा अँधेरीघाटसम्मको ३१ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special