काठमाडौं, विकासशील देशहरूको बाह्य ऋण सन् २०२५ मा महामारीपछिको सबैभन्दा तीव्र गतिमा बढेको र रेकर्ड ९.४ ट्रिलियन डलर पुगेको विश्व बैङ्कले बिहीबार जनाएको छ ।
यस वृद्धिको मुख्य कारण निजी वित्तपोषण भएको बताइएको छ । निजी ऋणदाताबाट लिइएको ऋण र सार्वजनिक उद्यमहरूले जारी गरेको ऋणपत्रमा करिब ३५ प्रतिशतले वृद्धि भएको विश्व बैङ्कको वार्षिक अन्तर्राष्ट्रिय कर्जा प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैङ्कले ‘सबैभन्दा कमजोर’ को रूपमा वर्गीकृत गरेका विकासशील देशहरूमा बाह्य ऋण सबैभन्दा बढी बढेको छ।
बैङ्कले एक विज्ञप्तिमा भनेको छ, “अन्तर्राष्ट्रिय वित्तमा पहुँच सुधार भएको छ, तर वित्तको मूल्य भने घटेको छैन । गरिब देशहरूमा उच्च ऋणको भारले मानिसहरूमाथि आवश्यक लगानीलाई खुम्च्याउने खतरा बढाएको छ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विकासशील देशहरूको ऋण ९.४ ट्रिलियन डलर पुग्योः विश्व बैङ्क
Previous Articleतिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध
Next Article तिहार पर्व सुरु, मिथिलामा धनतेरस



NPL Special
NPL Special