बङ्गलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् ।
जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै उहाँलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले यु-१९ विश्वकप जित्दा टोलीका सदस्य थिए । उनले सन् २०२०-२१ को बङ्गबन्धु टी-२० कपमा ४२ बलमै शतक बनाएका थिए । सन् २०२५ मा उहाँले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टी-२० अन्तरराष्ट्रियमा पनि शतक प्रहार गरेका थिए ।
उहाँले हालसम्म ४० टी-२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलका छन् । इमोनले पाकिस्तान प्रिमियर लिग (पिएसएल) खेलिसकेका छन् । एनपिएल उनका लागि दोस्रो विदेशी लिग हुनेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
Next Article विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान



NPL Special
NPL Special