बैतडी, बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन-पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका-१ सौडानी खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका-२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिए । गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआज कुन विदेशी मुद्राको मूल्य कति ? यस्तो छ विनिमयदर



NPL Special
NPL Special