बंगालको खाडीको मौसमी प्रणाली भारत हुँदै नेपाल भित्रिन लागेकाले आगामी बिहीबारदेखि शनिबारसम्म लुम्बिनीदेखि कोशी प्रदेशका २९ जिल्लामा हुन सक्ने भारी वर्षा र हिमपातको जोखिमबाट बच्न विपद् प्राधिकरण र विज्ञहरूले धान काट्ने तथा यात्रा गर्ने योजना तत्काल स्थगित गर्न सर्वसाधारणमा अपिल गरेका छन्।
त्रिभुवन विश्वविद्यालयका मौसमविद् डा. विनोद पोखरेलका अनुसार हालको मोडेल विश्लेषणले २९ जिल्लालाई वर्षाजन्य विपद्को उच्च जोखिममा देखाएको छ। यद्यपि, वायुको गति अनुसार वर्षाको स्थान, समय र मात्रामा केही फेरबदल हुन सक्नेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका साथै विपद् विज्ञ डा. धर्मराज उप्रेतीले जोखिम न्यूनीकरणका लागि
धान कटानी स्थगन गर्न, विशेषगरी शुक्रबार र शनिबारका लागि तय गरिएका यात्रा पूर्ण रूपमा स्थगित गर्न, र पदयात्रामा सतर्कता अपनाउन अनुरोध गरेका छन्
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बिहीबारदेखि २९ जिल्लामा भारी वर्षाको जोखिम, धान कटानी र यात्रा रोक्न सुझाव
Previous Articleधनुषामा श्रीमान्-श्रीमती मृत फेला
Next Article असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात


