बुधबार सेयर बजार परिसूचक नेप्से ३३.२९ अंकले बढेर २६६४ अंकमा पुगेको छ । यो साउन ३० यताकै उच्च विन्दु हो । आज २४१ कम्पनीको मूल्य बढ्दा ३५ वटाको घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जलविद्युत् समूह २.०६ प्रतिशतले बढ्दा व्यापार समूह ०.४४ प्रतिशतले घट्यो । बेनी हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special