बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका छन् ।
उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा सिमसिम पानीसँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटक गन्तव्यसम्म पुग्न नसकी बीचबाटोमै पर्ने होटल तथा बस्तीहरूमा रोकिनुपरेको हो । बस्तीहरूका होटल पर्यटकले भरिएका छन्।
कञ्चनजङ्घा बेसक्याम्पतर्फ भ्रमणमा गएका फोटो पत्रकार राजीव लिम्बूका अनुसार घुन्सा क्षेत्रका सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएका छन् । उनको टोली नै दुई दिनदेखि त्यही रोकिनुपरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special