काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ। दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने पहिलो खेल रद्द हुन सक्ने देखिएको छ। मौसमविद्का अनुसार दिउँसो २ बजेसम्म वर्षा जारी रहने सम्भावना छ। मैदान खेल्नयोग्य बनाउन थप समय लाग्न सक्ने भएकाले साँझको विराटनगर–सुदूरपश्चिम खेल पनि अन्योलमा छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special