सेताम्मे हिउँले ढाँकियो कन्टेनर र विद्युतीय गाडी
राष्ट्रिय समाचार समिति (रासस)
मुस्ताङ,१४, कार्तिक ।
नेपाल—चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ—४ न्हेचुङ भन्सार यार्ड आसपासका क्षेत्रमा सेताम्मे हिउँले ढाँकिएका कन्टेनर तथा विद्युतीय सवारी साधन (ईभी) गाडीहरु । शुक्रबार रातिदेखि उपल्लो मुस्ताङको कोरलानाका र आसपासका क्षेत्रमा भारी हिमपात भईरहेको छ । तस्वीर ः सुन्दरकुमार थकाली÷रासस
अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। दुईदेखि तीन फिटसम्म हिउँ जमेकाले कोरला नाका बन्द भएको छ भने पहिरोका कारण जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ। प्रशासनले पर्यटक, स्थानीय बासिन्दा र कन्टेनर चालकलाई सतर्क रहन आग्रह गर्दै मौसम सामान्य नभएसम्म सीमा व्यापार रोक्न अनुरोध गरेको छ।