काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ त्रैमासिक बजेटको २३.४ प्रतिशत मात्र खर्च भएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु पाँच अर्ब २० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेटमध्य पहिलो त्रैमासिक अवधिमा रु ६२ करोड ७४ लाख खर्च गर्ने लक्ष्य रहेकामा रु १४ करोड ७० लाख खर्च भएको छ ।
तर महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार समग्रमा पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ भौतिक प्रगति भने ३४.९ प्रतिशत पुगेको छ। भरतपुर (चितवन)को आयोजनाले १६०.८ प्रतिशत प्रगति गरेको महाशाखा प्रमुख थापाले बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नदी नियन्त्रणमा त्रैमासिक बजेटको २३ प्रतिशत मात्र खर्च, भौतिक प्रगति ३५ प्रतिशत
Previous Articleकर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल
Next Article भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै



NPL Special
NPL Special