काठमाडौं, नेपालको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो असार मसान्तको तुलनामा नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ८.२ प्रतिशत वृद्धि हो।
कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँग ३६ खर्ब ९५ अर्ब २४ करोड र बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ रहेको छ।
कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत छ। उक्त सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special