काठमाडौं, सुनसरी प्रहरीले करिब पाँच क्विन्टल गाँजासहित एक चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का अजयकुमार साह रहेका छन्। भेडेटारबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कार्पियो धरानको भानुचोकमा रोक्न खोज्दा भागेपछि प्रहरीले सेउती पुलबाट नियन्त्रणमा लिएको हो। गाडीमा १६ वटा बोरामा राखिएको चार क्विन्टल ९९ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special