काठमाडौं, नेपाल–चीन सीमा कोरलानाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा १००, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा पाँच हजार ६४७ इभी आयात भएका हुन्। गत आर्थिक वर्षभरि यस नाकाबाट तीन हजार २२३ इभी भित्रिएका थिए।
रसुवाको रसुवागढी नाका भोटेकोसी बाढीका कारण बन्द भएपछि कोरलानाकाबाट आयात बढेको भन्सार अधिकृत अमिन्द्र सिंहले बताए। तर, जोखिमपूर्ण सडक र दक्ष चालकको अभावमा जाँचपास भएका दर्जनौँ सवारीसाधन गन्तव्यसम्म पुग्न सकेका छैनन्।
यसैबीच, मुस्ताङ भन्सारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो वार्षिक लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी हो।
उक्त अवधिमा चीनबाट ३० अर्ब नौ करोड नौ लाख रुपैयाँको सामान आयात हुँदा नेपालबाट २९ करोड ५२ लाख रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special