काठमाडौं, मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको पाइएको छ। क्षमताभन्दा बढी सङ्ख्यामा पशुपन्छी कोच्ने, लामो समयसम्म दानापानी नदिने र अनुपयुक्त सवारीसाधन प्रयोग गरी ओसारपसार गर्ने गरिएको हो।
नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अध्ययनअनुसार कैलाली, टीकापुर र अत्तरियाबाट काठमाडौँसम्म राँगाभैँसी ल्याउन ४८ देखि ७२ घण्टासम्म लाग्ने गरेको छ। यस अवधिमा कतिपय पशुलाई खाना र पानीसमेत उपलब्ध नगराउने गरिएको समाजले जनाएको छ।
समाजका निर्देशक हरि जोशीका अनुसार तरकारी तथा अन्य सामान बोक्ने ट्रकमा पशु कोचेर ल्याउँदा उनीहरू घाइते हुने, चोटपटक लाग्ने र शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने अवस्था छ। बाख्रा र कुखुराको ढुवानीमा समेत यस्तै समस्या देखिएको छ।
पशु ढुवानीसम्बन्धी सरकारी मापदण्ड भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको समाजको भनाइ छ। उसले विशेष ढुवानी सवारीसाधनको व्यवस्था, विश्रामस्थल निर्माण, नियमित अनुगमन र व्यवसायीलाई सरकारी सहुलियत दिन माग गरेको छ।
समाजले पशु व्यापारको विरोध नभई ढुवानीका क्रममा हुने क्रूर व्यवहार अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special