Author: chhotokhabar

नेपथ्यले शनिबार कीर्तिपुरको ल्याब स्कुल मैदानमा करिब आठ हजार दर्शकमाझ कन्सर्ट गरेको छ। गायक अमृत गुरुङले ‘कर्नालीका छाइला’ प्रस्तुत गर्नुअघि नेपाली भाषा र भाका संरक्षण गर्न आह्वान गरे। प्राकृतिक विपत्तिका बेला प्रभावित समुदायलाई सहयोग गर्न पनि उनले आग्रह गरे। ‘रातो र चन्द्रसुर्जे’ गीतसँगै समापन भएको कन्सर्टपछि नेपथ्यले भारत, नेपालका विभिन्न सहर र अस्ट्रेलियामा प्रस्तुति दिनेछ।

Read More

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज दिउँसो १:३० बजे थाइल्यान्ड प्रस्थान गर्दैछन्। अर्थसचिव डा. घनश्याम उपाध्यायसहितको उच्चस्तरीय टोलीले बैंककमा पुनर्निर्माण र जलवायु वित्तका मुद्दा उठाउनेछ। १६ भन्दा बढी द्विपक्षीय छलफल गर्ने कार्यतालिका रहेको यो नेपाली प्रतिनिधिमण्डल आगामी कात्तिक ४ गते स्वदेश फर्कनेछ।

Read More

भारतको राजधानी नयाँदिल्लीमा चुनावी प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन् । उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन् ।जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा अवरोध गर्न दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएपछि प्रदर्शनकारीहरू अन्य स्थानमा भेला हुन थालेका छन् । सप्ताहन्तमा हजारौँलाई पक्राउ गरिए पनि उनीहरूले प्रदर्शन जारी राखेका छन् । पक्राउ परेकामध्ये धेरैलाई पछि रिहा गरिएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा मागेका छन् । आयोगले…

Read More

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले सन् २०२६ को विश्व आर्थिक वृद्धि ३.१ प्रतिशत रहने अनुमान गरे पनि युद्ध र एआई प्रविधिमा लगानीले अर्थतन्त्रमा विभाजन बढाउने चेतावनी दिएको छ। प्रतिवेदनअनुसार युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य ९५ प्रतिशतसम्म महँगिएको छ। सन् २०२६ मा साउदी अरेबियाको अर्थतन्त्र ३.३ प्रतिशतले सङ्कुचित हुने र चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने अनुमान छ।

Read More

स्याउ बिक्रीको मुख्य याम घर्किन लाग्दा मुस्ताङमा उत्पादित स्याउको ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ। यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ, जसको मूल्य झन्डै दुई अर्ब रुपैयाँ पर्छ। असोज ११ गतेको भारी वर्षापछि बेनी-जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा निकासी प्रभावित भएको हो। सडक सञ्चालनमा आएपछि किसानले बाँकी स्याउ बजार पठाउन हतारिएका छन्। गत वर्ष मुस्ताङमा सात हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो।

Read More

रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो ।गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिए । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइ रोक्नुपरेको उनले बताए ।हवाई सेवा सञ्चालनमा आएसँगै मङ्गलबार काठमाडौँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट दुई जना यात्रु बोकेर काठमाडौँ फर्किएको छ ।

Read More

आइसिसी विश्वकप क्रिकेट लिग-२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ ।ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ ।जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका छन् । यही असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै जित हासिल गरेको थियो । त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो । ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ भने नेपालको ध्यान अब एकदिवसीय मान्यतालाई…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिनको निर्देशन दिएपछि सांसद खगेन्द्र सुनारले आफ्नो नाम जोडेर सार्वजनिक गरिएको काल्पनिक महिलासँगको अडियो झुटो भएको दाबी गरेका छन् । प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि निरन्तर आरोपको सिकार भइरहेको बताउँदै उनले अडियो एआईलगायत प्रविधि प्रयोग गरेर बनाइएको जिकिर गरे । उनले सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई आग्रह गर्दै सहयोग गर्ने बताएका छन् ।

Read More

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। इरान समर्थित यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन्। दुई क्षेत्रीय अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानले हुथी विद्रोहीले सुरुमा धेरै ड्रोन प्रहार गरी त्यसपछि क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको देखाएको छ। गत सातादेखि साउदी अरबका विभिन्न विमानस्थललाई लक्षित गरी भइरहेका हुथी आक्रमणमध्ये पछिल्लो घटनाले देशको हवाई रक्षा प्रणालीमा रहेका कमजोरी उजागर गरेको छ।

Read More

एक महिलालाई धम्की दिएको र ब्ल्याकमेल गरेको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि उठेका विषयमा छानबिन अघि बढाएको छ। पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिँदै निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन भनेको छ। महिलामाथिको दुर्व्यवहार, धम्की र शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर रूपमा लिएको जनाउँदै रास्वपाले यस्ता विषयमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ।

Read More

बाढीपहिरोले सडक आवागमन प्रभावित हुँदा दसैँमा घर जाने यात्रुहरूको यात्रामा समेत असर पर्न सक्ने देखिएको छ। नेपाल प्रहरीले आज (असोज २७) बिहान ६ बजेसम्मको सडक अवस्थासम्बन्धी विवरण सार्वजनिक गरेको छ। धादिङको त्रिभुवन राजपथ, म्याग्दीको बेनी-जोमसोम, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र मनाङको बेसीशहर-खाङसार सडकमा एकतर्फी यातायात सञ्चालनमा छ। गोरखामा सोतीस्थित फलामे पुलमा क्षति पुगेको छ भने आरुघाट-धादिङ सडक अवरुद्ध छ।

Read More

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज (मङ्गलवार) घरेलु टोली ओमानसँग खेल्दैछ। ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने यो खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ।लिग तालिकामा ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा उक्लिएको नेपाललाई शीर्ष ६ भित्रै रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता जोगाउन यो खेल जित्नैपर्ने दबाब छ। यसअघि गत आइतबार भएको खेलमा क्यानडालाई २४ रनले हराउँदै नेपालले महत्वपूर्ण जित दर्ता गरेको थियो। उक्त खेलमा रोहित पौडेलले १२७ बलमा १०१ रनको सानदार शतकीय इनिङ्स खेल्दै टोलीको जितमा निर्णायक भूमिका निभाएका थिए। नेपालको अबको लक्ष्य शीर्ष ६ मा परेर ओडीआई मान्यता जोगाउने र…

Read More

पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अघि बढाइएको छ। गत जेठमा भएको समझदारीअनुसार तीन स्थानीय तहले पालैपालो पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गर्ने, संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री तयार गर्ने र एकीकृत पर्यटक प्याकेज विकास गर्नेछन्। भरतपुरमा सोमबार आयोजित अन्तरक्रियामा सरोकारवालाले पर्यटकीय पूर्वाधार, कनेक्टिभिटी र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा जोड दिएका छन्।

Read More

बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा ५६ हजार ८०९ यात्रु बाहिरिएको जानकारी दिए । उहाँका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरीएका छन्

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार मतदाताको मतगणना जारी छ। शनिबार (असोज २४) राति सुरु भएको गणनामा सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् भने उपसभापति र महामन्त्रीको नतिजा पनि आइसकेको छ। सहमहामन्त्री र केन्द्रीय सदस्यको गणना भने जारी छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको संख्या बढी भएकाले गणना ढिलो हुनु स्वाभाविक भएको बताएका छन्। उनका अनुसार अघिल्लो महाधिवेशनमा झन्डै ३ हजार मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक २३ ठाउँमा गणना भइरहेको छ। कटुवालले बुधबारसम्म मतगणना सकिने दाबी गरेका छन्।

Read More

नेपालगञ्जस्थित जमुनाह नाकामा कडाइ गरिएपछि यसपटक भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । विगतमा दैनिक ठूलो सङ्ख्यामा नेपाली सीमापारि जाने गर्थे । गत वैशाखदेखि रु १०० भन्दाबढीका सामान बिनाभन्सार ल्याउन रोक लगाइएको थियो, जुन सीमा हाल रु ५०० पुर्याइएको छ । सीमापारी रुपैडिहा बजार जाने उपभोक्ताको सङ्ख्या घटेसँगै नेपालगञ्जका ‘सपिङ मल’मा भीडभाड बढेको छ ।

Read More

त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ ।नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षणकेन्द्रित संस्थाबाट अनुसन्धान, नवप्रवर्तन र ज्ञान उत्पादनमा आधारित ‘रिसर्च युनिभर्सिटी’का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । साथै, शैक्षिक, प्रशासनिक र सेवा प्रवाह प्रणालीलाई डिजिटल प्रविधिमा आधारित बनाउँदै क्रमशः ‘डिजिटल विश्वविद्यालय’मा रूपान्तरण गर्ने नीति अघि सारिएको छ ।यो नीति तथा कार्यक्रम विश्वविद्यालयको रणनीतिक योजना २०२४-२०२८ र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदनसँग तादात्म्य हुने गरी तयार गरिएको हो ।

Read More

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा तोकिएको छ । जापानी येन १ को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल…

Read More

नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ । देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिए ।नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवी भागवत्लगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने…

Read More

बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले नेपाल–बेलायत सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक कूटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गर्दै पूर्वप्रधानसेनापति जबराले व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्य विस्तार गर्ने बताए। आफू पूर्वसैनिक नेतृत्वकर्ता मात्र नभई नेपाल सरकार र नेपाली जनताको प्रतिनिधिका रूपमा काम गर्ने उनको भनाइ छ।

Read More