ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेका छ । बडादसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू कम भएका र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा प्रकाश यादवले भने, “रक्तसञ्चार केन्द्रमा सम्पूर्ण ग्रुपको होल ब्लड, प्याक्ट रेड ब्लड सेल (पिआरबीसी र (पिआरपी) को मौज्दात सकिएको छ । यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापनका लागि कठिनाइ भएको छ ।” उनले रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।
चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा भएको बिदाका कारण रक्तदानका कार्यक्रममा कमी आएकाले रगतको सहज व्यवस्थापनमा कठिनाइ भएको जनाउँदै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीले स्वयंसेवी रक्तदाता तथा सङ्घसंस्थालाई रक्तदानका लागि आह्वान गरेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
‘ब्लड बैक’ मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
Next Article राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ सुरु



NPL Special
NPL Special